
जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा आजदेखि निजी तथा सरकारी अस्पतालहरुमा बिरामीहरुले निशुल्क रगत प्रयोग गर्न पाउने भएका छन् ।
रगत आवश्यक पर्ने बिरामीले रक्त सञ्चार केन्द्रबाट रगत लिँदा परीक्षण र अन्य शुल्कका नाममा तिर्दै आएको रकम अब तिर्नुपर्दैन ।
गत सोमबार प्रदेश मन्त्रिपरिषद् बैंठकले ‘रगत तथा रगतजन्य सेवा निशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ पारित गर्दै फागुन १ गतेदेखि प्रदेश भित्रका सबै सरकारी तथा निजि अस्पतालहरुमा रगत निशुल्क गर्ने निर्णय गरेको थियो ।
कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगत तथा रगत परीक्षण निशुल्क रुपमा दिनुपर्ने उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा सबैभन्दा बढी रगत खपत हँदै आएको र प्रदेशमा मात्र दैनिक ७० देखि ८० पिन्ट रगतको माग भएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
