
जनस्वास्थ्य सरोकार । स्वीजरल्याण्डका डेभिड ह्मजीलाई कुनै समय हिड्न असम्भव थियो । ह्मजी सन् २०१० मा एक खेल दुर्घटनामा परे । जिम्न्यास्टिक हान्ने क्रममा उनको मेरुदण्डमा ठुलो क्षति पुग्यो । त्यतिबेला उनी २२ वर्षका थिए । १२ वर्ष अगाडि भएको त्यो दुर्घटनापछि ह्मजीलाई पक्षघात भयो । उनी दुबै खुट्टा चलाउन नसक्ने भए ।
सन् २०१७ मा उनको मेरुदण्डमा एउटा विद्युतीय उपकरण (स्टिम्युलेटिङ इलेक्ट्रोड्स) जडान गरियो । जसको मद्धतले उनी उभिन र विस्तारै पाइला चाल्न सक्ने भए । उक्त उपकरण अन हुँदा उनी हिड्न सक्छन् । तर मेसिन अफ हुँदा भने उनी खुट्टा समेत चलाउन सक्दैनन् ।

उनले यो उपकरण दिनमा छोटो समयका लागि अन गर्छन् । जसले उनको मांशपेशीको अभ्यास गर्न सहयोग गर्छ र हिँड्ने अभ्यास गर्न पनि सहयोग गर्छ ।
यो अभ्यासले उनको स्वास्थ्यमा ठुलो परिवर्तन ल्याइदिएको छ । ह्मजी अहिले ३४ वर्षका भए । कुनै समय खुट्टा पनि चलाउन नसक्ने उनी अहिले सुन्दर परिवार बनाउन सफल भएका छन् । केही वर्ष अघि उनी बुबा पनि बने । उनको साथमा अहिले श्रीमती र छोरी छन् । अहिले छोरी पनि मज्जाले हिड्न सक्ने भइसकेकी छिन् । उनी हरेक दिन वाकरको सहयोगमा केहि समय आफ्नी छोरीसंग हिड्ने अभ्यास गर्छन् ।

स्वास्थ्यमा आएको सुधारले उनी काइटसर्फिड (पानी विहार) पनि गर्न सक्ने भएका छन् । उनले पाइला यताउती चालेर बोर्डलाई नियन्त्रण गर्न सक्छन् ।
उक्त उपकरण हरेक दिन नियमित रुपमा प्रयोग गर्न सकिदैन् । न्युरो साइन्टिष्ट एवं स्वीजरल्याण्डस्थित फेडेराले डी लुसाने युनिभर्सिटीका प्रोफेसर डा. ग्रेगरी कोर्टिन भन्छन् – ‘यो मेरुदण्डमा पुगेको क्षतिको पूर्ण उपचार चाहिँ होइन । तर यसले मानिसको जीवनस्तरको गुणस्तर सुधार गर्छ । हामी उनीहरुलाई उभिन सक्ने गरी सशक्त बनाउन गइरहेका छौँ । केही पाइला पनि चाल्न सक्छन् कि, तर यो यथेस्ट छैन । समस्या पूर्ण रुपमा समाधान भएको छैन । यो भविश्यका लागि महत्वपुर्ण विकास हो भन्ने मेरो विश्वास छ ।’

अहिले सम्म यस्ता उपकरणले ९ जना यस्ता मानिसलाई हिड्न अभ्यास गर्न सहयोग गरेको छ । त्यसले मांशपेशीको अभ्यास हुन्छ । यताउती हिडडुल गर्न सकिन्छ ।
ह्मजी भन्छन्–‘मैले यो न्युरोप्रोस्थेटिक (नक्कली स्नायू अंग) का रुपमा नभई तालिम दिने उपकरणको रुपमा प्रयोग गरिरहेको छु । विज्ञानमा सुधार हुँदै जान्छ, प्रविधि झन् झन् राम्रो बन्दै जान्छ । त्यसपछि म त्यो हरेक दिन प्रयोग गर्न सक्ने हुनसक्छु ।’ बीबीसी
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
