
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस । बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउने उदेश्यले हरेक वर्ष फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यसवर्षको अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको नारा ‘जीवन रक्षा तपाईँको हातमा’ तय गरिएको छ ।
विश्वभर हरेक वर्ष १९ वर्षमुनीका करिब ४ लाख बालबालिकालाई क्यान्सर रोग देखिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्कले देखाउँछ ।
नेपालमा वार्षिक १५ भन्दा बढी क्यान्सर रोगी बालबालिका थपिने अनुमान छ । नयाँ बिरामीमध्ये बाल क्यान्सरको उपचारको पहुँचमा करिब एकतिहाइ मात्र रहेको चिकित्सकहरु बताउँछन् । बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैठौं र बाल स्वास्थ्य समस्याहरुमा नवौं प्रमुख जनस्वास्थ्य समस्यामा पर्दछ ।
बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरमध्ये रक्त क्यान्सर बढी देखिने गरेको कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताउनुहुन्छ । उहाँका अनुसार रगतको कमी भइ छाला सेतो हुने, तौल असामान्य रुपमा घट्ने, खोकी निको नहुने, शरीर सुन्निने लगायतका लक्षणहरु देखिन्छन ।
समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ७० प्रतिशतभन्दा बढी निको हुने बाल अस्पतालकै बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘नेपालमा बालबालिकामा हुने क्यान्सर सम्बन्धी उपचार सम्भव छ । धेरै अभिभावकहरूमा बालबालिकामा क्यान्सर भयो भने उपचार सम्भव छैन भन्ने अवधारणा छ । तर, सुरुवाती अवस्थामा क्यान्सर रोगको पहिचानको गर्न सकेको खण्डमा उपचार सम्भव छ ।’
कान्ति बाल अस्पतालका निर्देशक डा. रायमाझीले क्यान्सर भएका बालबालिकालाई उपचारको पहुँच पुर्याउनका लागि स्थापित उपचार केन्द्रहरुलाई थप सुदृढीकरण आवश्यकता रहेको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


