जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गरिएका पछिल्ला ५० वटै मिर्गौला प्रत्यारोपण सफल भएको छ । केन्द्रका अनुसार तीमध्ये केही जटिल र जोखिमपूर्ण प्रत्यारोपणसमेत थिए ।

‘हाम्रो टिमले गरेका पछिल्ला ५० वटै प्रत्यारोपण सफल भयो,’ केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भन्नुभयो- ‘यसबीचमा जटिल र जोखिमपूर्ण प्रत्यारोपणसमेत गरेका छौं ।’ डा. श्रेष्ठ चार महिनाअघि दोस्रो पटक केन्द्रका कार्यकारी निर्देशक भएर आउनुभएको हो ।
सफल प्रत्यारोपण गरिएकामध्ये एक जनामा दोस्रो पटक प्रत्यारोपण गरिएको हो । ती बिरामीको पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले केही वर्ष काम गरेर फेल भएको थियो । त्यस्तै शरीरमा अत्यधिक एन्टिबडी भएकी एक महिलाको पनि विशेष प्रविधिद्वारा एन्टिबडीको तह सामान्य बनाएर प्रत्यारोपण गरिएको थियो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
