
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ विरुद्ध २४ लाख मात्रा खोप हराएको भनिएको घटना छानबिन गर्न बनेको समितिले खोप नहराएको निष्कर्ष निकालेको छ ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा गुणराज लोहनी संयोजकत्वमा रहेको समितिले उक्त निष्कर्षसहितको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बुझाएको छ ।
छानबिन समितिले धेरै स्थानबाट खोप लगाएकाको विवरण अध्यावधिक गर्न बाँकी रहेकाले तथ्यांक फरक देखिएको निष्कर्ष निकालेको प्रतिवेदनमा उल्लेख छ ।
समितिले माघ सबै प्रदेश जिल्ला तथा पालिकालाई प्राप्त खोप, लगाइएको र खेर गएको खोपको विवरण अध्यावधि गर्न भनेको थियो।
संसदीय समितिमा स्वास्थ्य सचिव रोशन पोखरेलले २४ लाख डोज खोप हराएको बताएपछि विवाद निम्तिएको थियो । समितिले छानबिनको लागि दुई साताको समय पाएको थियो । उक्त प्रतिवेदनलाई पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरिने स्वास्थ्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

