
बलिउड चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । उहाँको ६९ वर्षको उमेरमा मंगलबार राती मुम्बईस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो ।
अब्स्ट्रटिभ स्लीप एप्निया (ओएसए)को कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।
एक महिना अघिदेखि अस्पताल भर्ना हुनु भएको बप्पी सोमबार डिचार्ज भएर घर फर्किनु भएको थियो । तर मंगलबार पुनः स्वास्थ्य अवस्था विग्रिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो ।
बप्पी ‘डिस्को किङ्ग‘को रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले डिस्को डान्सर, शराबी, चलते चलते लगायतका थुप्रै चर्चित गीतहरु गाउनु भएको छ । बलिउडमा करिब ५० वर्ष काम गर्नु भएको उहाँले अन्तिम गीत सन् २०२० मा बलिउड फिल्म ‘बागी ३‘को लागि गाउनु भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
