
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्र्यांकको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक सास्ती दिने एक जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले मंगलबार नेपाली प्र्यांकस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका २७ वर्षिय आकाश सेडाईलाई पक्राउ गरेको हो ।
सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको गोप्य भिडियो तयार गरी उक्त भिडियो नेपाली प्यांकस्टर्स नामक युट्यब च्यानलमा राख्ने झापा विर्तामोड ४ का आकाश सेडाईलाई पक्राउ गरेको ब्यरोले जनाएको छ ।
ब्यूरोका अनुसार सेडाईलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर फागुन ३ गते पक्राउ गरिएको हो ।
अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयले यसअघि एक सूचना जारी गर्दै व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो ।

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
