
जनस्वास्थ्य सरोकार, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा एम्बुलेन्सले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । सम्सी माईस्थान सडक अन्तर्गत रामनगरमा गएराति स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गौशाला नगरपालिका ११ भरतपुरका ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।
रातिको समयमा गौशालाबाट रामनगरतर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए । गम्भीरअवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताउनुभयो । अहिले ठक्कर दिने एम्बुलेन्स चालक सर्लाही वरहथवा नगरपालिका ९ का ३४ वर्षीय रामविहारी महतो प्रहरीको नियन्त्रणमा रहेको डीएसपी विष्टले जानकारी दिनुभयो।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
