
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एन्ड जोन्सन खोप लगाएर ६ महिना कटेका व्यक्तिहरुले बुस्टर मात्रा लगाउन सक्ने स्पष्ट पारेको छ ।
जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिहरुमा बुस्टर डोज कहिले र कुन खोप लगाउने भन्ने द्विविधा उत्पन्न हुन थालेपछि मन्त्रालयले सुचना जारी गर्दै सकभर सोही खोप, नभएमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने प्रस्ट्याएको हो ।
परिवार कल्याण महाशाखाकी वरिष्ठ नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिले ६ महीनापछि उपलब्ध भए सोही खोप र नभएमा बुस्टर डोजका रूपमा अन्य खोप पनि लगाउन सकिने बताउनुभयो ।
‘जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिहरूलाई पनि ६ महीनापछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने व्यहोरा जानकारीका लागि अनुरोध छ।’– महाशाखाद्धारा देशका ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पठाएको परिपत्रमा भनिएको छ ।
।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

