
जनस्वास्थ्य सरोकार, चितवन । देशभरका अर्थोपेडिक सर्जनहरुको छाता सङ्गठन नेपाल अर्थोपेडिक एशोसिएशनको २७औँ वार्षिक सम्मेलन चितवनमा सुरु भएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सात विदेशीसहित एक सय भन्दा बढी विशेषज्ञहरूले अनुसन्धान र शोधपत्र प्रस्तुत गर्दै छन् ।
कोभिडका कारण ९० जना हाराहारी अर्थोपेडिक सर्जनहरू सम्मेलनमा सहभागी छन् भने पाँच सय हाराहारी स्वदेश र विदेशका सर्जनहरू अनलाइन जुममार्फत् कार्यक्रममा सहभागी भइरहनु भएको प्रोफेसर डा. सुरेश पाण्डेले जानकारी दिनुभयो ।
डा. पाण्डेका अनुसार हाडजोर्नी क्षेत्रमा भएको प्रविधिको विकास, उपलब्धता तथा समस्या र चुनौतीका बारे छलफल तथा अन्तर्क्रिया हुनेछ ।
कार्यक्रमका उद्घाटन समारोहमा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा.डा.रविन्द्रलाल प्रधान, पूर्व अध्यक्ष डा. दिपक महरा, केन्द्रीय महासचिव डा. विनोद श्रेष्ठ, साईन्टिफिक कमिटीका संयोजक डा. शैलज रन्जितकार, आयोजक समितिका अध्यक्ष एवं एसोसिएसनका चितवन अध्यक्ष डा. सुरेश पाण्डे, आयोजक समितिका सदस्य सचिव डा. प्रमोद लामिछाने लगायतले नशा तथा हाड जोर्नीका विषयको अवस्था र नवीनतम प्रविधिको बारे प्रकाश पार्नुभएको भएको थियो ।
संस्थाका सदस्य सचिव डाक्टर लामिछानेले यस सम्मेलनले विदेशका प्रविधि र खोज अनुसन्धान प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।
अनुसन्धानबाट पत्ता लागेका निष्कर्ष र सोधपत्रहरुको प्रस्तुतीकरण र अन्तर्क्रियाबाट यस क्षेत्रलाई सेवामुखी र व्यावसायिक सफलता मिल्ने उहाँको भनाई छ । चिकित्सकहरूलाई आउँदा दिनमा काम गर्न सहयोग पुग्ने लामिछानेको भनाई छ ।
एसोसिएसनका चितवन जिल्ला अध्यक्ष डा. पाण्डेले चितवनमा मात्रै ४५ जना अर्थाेपेडिक सर्जन रहेको जानकारी दिँदै २० जना विशेषज्ञ रहेको बताउनुभयो ।
उहाँले नेपालमा ५६० जना दर्ता भएका अर्थाेपेडिक सर्जन रहेको र पछिल्लो समय यस विधातर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको बताउनु भयो
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
