
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ५ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जना र २ हजार ७७१ एन्टीजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै कुल संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ४६ हजार ३ सय ३० जना संक्रमणमुक्त भएका छन् ।
सोही अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



