
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ५ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जना र २ हजार ७७१ एन्टीजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै कुल संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ४६ हजार ३ सय ३० जना संक्रमणमुक्त भएका छन् ।
सोही अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

