नेभिगेशन

दश वर्षे राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्री रणनीति जारी

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले दश वर्षे राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्री रणनीति जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि नयाँ रणनीति ल्याएको हो।

नेपालको नर्सिङ क्षेत्रमा देखिएको खाडललाई क्रमशः निरुत्साहित गर्दै राष्ट्रिय श्रोत साधनको सदुपयोगका लागि नर्सिङ क्षेत्रलाई स्पष्ट नीति र व्यवहारिक कार्ययोजनाद्वारा व्यवस्थित गर्न दश वर्षे रणनीति तथा कार्य योजना जारी गरेको निर्देशक प्राध्यापक गोमादेवी निरौलाले बताउनुभयो ।

गुणस्तरीय नर्सिङ मिडवाइफ्री सेवाको सर्वव्यापी पहुँच भन्ने भावी सोचका साथ उक्त रणनीति ल्याइएको महाशाखाले जनाएको छ।

रणनीतिको लक्ष्य नर्सिङ तथा मिडवाइफ्री सेवालाई सुदृढ, मर्यादित, व्यवस्थित, गुणस्तरयुक्त बनाउँदै सबै नेपालीको स्वास्थ्य स्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट