
जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभरका फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरको साझा संगठन 'फिजियोथेरापी रिहृयाविलिटेसन सेन्टर एसोसियशन नेपाल' (प्राण) स्थापना गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर देशभरका फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरका सञ्चालकहरु संगठित भएका हुन् ।
देशभर सञ्चालित १५ शैय्या माथिका फिजियोथेरापी तथा रिह्याविलिटेसन सेन्टर सञ्चालकहरुको राष्ट्रिय भेलाले साहारा फिजियोथेरापी अस्पतालका सञ्चालक हरिकुमार लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा जगदीश खनाल, महासचिवमा समीद कातिला श्रेष्ठ, सचिवमा राजेश महत र कोषाध्यक्षमा दिक्षा जोशी चयन हुनुभएको छ । त्यस्तै, विवेक पौड्याल, अशोकमणि रिमाल, कविन सापकोटा र अंगिरा थापा कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।
भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित बनाउँदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त अध्यक्ष हरिकुमार लम्सालले बताउनुभयो ।
सेवाको गुणस्तर कायम गर्न, यसको विश्वसनीयता बढाउन, स्वास्थ्य क्षेत्रको एक प्रभावकारी तथा वैज्ञानिक विधाका रुपमा स्थापित गर्न, सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहकार्य गर्ने योजना संघले बनाएको छ ।
राष्ट्रिय भेलामार्फत स्थापना घोषणा गरिएको प्राणमा नेपालको पहिलो रिहृयाबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षसहित पुर्नस्थापना विज्ञहरु उपस्थित हुनुहुन्थ्यो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
