
जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू पुनः काममा फर्किएका छन्।
प्रतिष्ठानका कर्मचारीहरुको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पदाधिकारीहरू काममा फर्किएका हुन् ।
गत पुष ३० गते मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउने र उनीहरूको सट्टामा दैनिक प्रशासनिक, आर्थिक काम गर्न मन्त्तालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो।
यो निर्णय प्रतिष्ठानको ऐन तथा नियमावली विपरीत भएको भन्दै उपकुलपति डा ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले सर्वोच्च अदालतमो रिट दायर गर्नुभएको थियो ।
उहाँहरुको रिटको सुनुवाई गर्दै बुधबार सर्वोच्चले पदाधिकारीहरूलाई पदीय जिम्मेवारी अनुसारको कर्तव्य पालना गर्नमा वाधा अवरोध नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
