
जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङ जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरु गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतारदेखि यो सेवा सुरु गरिएको हो ।
नगर प्रमुख रमेश कुमार पाण्डेले स्वास्थ्य चौकीका अनमी सुनिता रायमाझीलाई ‘अल्ट्रासाउण्ड मेसिन’ हस्तान्तरण गर्दै उक्त सेवा सुरु गर्नुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेश सरकारले पनि सो उपकरण उपलब्ध गराएको हो । चिसंकु, रम्घा र भोर्लेटार स्वास्थ्यचौकीबाट उक्त सेवा उपलब्ध भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले गर्भवती तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । साउन महिनाबाट हालसम्म १६२ नयाँ गर्भवती थपिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।
यस अवधिमा १५२ सुत्केरी भएका, ती मध्ये ११६ ले पालिकाभित्रका स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिएका र ३६ जनालाई बाहिर ‘रिफर’ गरिएको जनाइएको छ । रासस
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

