
जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङ जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरु गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतारदेखि यो सेवा सुरु गरिएको हो ।
नगर प्रमुख रमेश कुमार पाण्डेले स्वास्थ्य चौकीका अनमी सुनिता रायमाझीलाई ‘अल्ट्रासाउण्ड मेसिन’ हस्तान्तरण गर्दै उक्त सेवा सुरु गर्नुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेश सरकारले पनि सो उपकरण उपलब्ध गराएको हो । चिसंकु, रम्घा र भोर्लेटार स्वास्थ्यचौकीबाट उक्त सेवा उपलब्ध भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले गर्भवती तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । साउन महिनाबाट हालसम्म १६२ नयाँ गर्भवती थपिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।
यस अवधिमा १५२ सुत्केरी भएका, ती मध्ये ११६ ले पालिकाभित्रका स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिएका र ३६ जनालाई बाहिर ‘रिफर’ गरिएको जनाइएको छ । रासस
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
