
बेलायतकी महारानी एलिजावेथलाई कोरोना संक्रमण पुष्टि भएको छ । बकिङहम दरबारले महारानीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको हो ।
महारानीलाई हल्का चिसो जस्तो लक्षण देखिए पनि आगामी साता विन्डसोरमा ‘हल्का कर्तव्यहरु’लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।
‘उहाँले निरन्तर चिकित्सकीय सहयोग लिनुहुनेछ र आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नुहुनेछ’, दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि महारानीको जेठो छोरा र राजकुमार वेल्सलाई फेब्रुअरी १० मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिन अघि उहाँहरुले महारानीलाई भेटनु भएको थियो । एजेन्सी
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


