
जनस्वास्थ्य सरोकार, काठमाडौं । वाग्मती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियान अन्तर्गत हालसम्म प्रदेशभरमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेटौंडाबाट सुरु भएको पहिलो मात्राको खोप अभियान अन्तर्गत प्रदेशभरमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ ।
खोप अभियान तीव्ररुपमा संचालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान संचालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताउनु भयो ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


