जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतको मध्यतिर गर्ने तयारी गरेको छ ।
चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा दिन २० हजार भन्दा बढीले आवेदन दिइसकेका छन् । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले फागुन ६ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो।

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाका अनुसार, चैत मध्यसम्ममा प्रवेश परीक्षा सञ्चालन गर्न फागुन अन्त्यसम्म परीक्षा तालिका सार्वजनिक गरिने छ । आयोगले कलेजहरुको सिट निर्धारण, प्रवेश परीक्षाका अन्य प्रक्रिया लगायतका कार्य गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
