जनस्वास्थ्य सरोकार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कोरोना महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्धा दायर गरेको हो ।
पिसिआर परीक्षणको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीको आधारमा आयोगले यादवमाथि छानबीन अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पीसीआर रिपोर्ट सबै नक्कली भएको फेला परेको थियो । आयोगको अभियोग पत्रमा अस्पतालमा भर्ना भएकाको स्वाब संकलन गरी त्यसको परीक्षण नगरी पैसा लिएर गलत पिसिआर रिपोर्ट दिएको, आफ्नै कार्यकक्षमा स्वाब संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा रकम लिई नेगोटिभ बनाइदिने गरेको, पिसिआर परीक्षण नै नगरेकालाई नेगोटिभ रिपोर्ट दिने गरेको उल्लेख छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
