
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य शरीरको लागि पौष्टिक खाने कुरा निकै आवश्यक हुन्छ । त्यसमा पनि नियमित बदाम खानु विशेष लाभदायक मानिन्छ । बदाममा प्रोटिन, भिटामिन, फ्याट पर्याप्त मात्रामा पाइने भएकोले गर्दा रोगसँग लडने क्षमता बढाँउछ ।
चिकित्सहरुको अनुसार भिजाएको बदाम खाली पेटमा खाँदा मस्तिष्क, आँखा, मुटु लगायत पाचन प्रणलीलाई समेत स्वास्थ्य राख्न मद्दत गर्छ । बदाममा पाइने भिटामिन ‘ई’ले एन्टी अक्सिडेन्टको रुपमा काम गर्दछ ।
यस ड्राई फ्रुटमा ‘भिटामिन–इर्’ र ‘बी–६’ पाइन्छ, जसले मस्तिष्कका कोशिकाहरूलाई स्वस्थ्य राख्न मद्दत गर्छ ।
तौल नियन्त्रण
बदाममा प्रोटिन पाइने भएकोले गर्दा अन्य क्यालोरीयुक्त खाने कुरा खान मन लाग्दैन । त्यसले गर्दा बदामले तौल नियन्त्रण गर्दछ ।
भिटामिन सी
बदाममा भिटामिन सी पाइन्छ जसले रुधा, खोकी लगायतका थुप्रै स्वास्थ्य समस्याबाट टाढा राख्दछ ।
कोलेस्ट्रोल नियन्त्रण
दैनिक बदाम खाँदा कोलेस्ट्रोल नियन्त्रण हुन्छ । जसबाट मुटु रोगबाट जोगाउछ ।
छालामा चमक
बदाममा हुने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई फ्रलस गरी नरम र चम्किलो बनाउँछ ।
रोग प्रतिरोधी क्षमता बढाँउछ
बदाममा प्रोटिन, भिटामिन, फ्याट पर्याप्त मात्रामा पाइने भएकोले गर्दा रोगसँग लडने क्षमता बढाउनुका साथै अन्य रोग लाग्नबाट बचाँउछ ।
प्रजनन क्षमतामा वृद्धि
बदाममा प्रशस्त मात्रामा फोलिक एसिड पाइन्छ । जसले महिलाको प्रजनन क्षमता वृद्धि गर्छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
