
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा विगत ९ दिनदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिन थालेको छ । फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा फोहोर उठ्न छाडेको हो ।
उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर ससडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले सडक अवरोध गरेको कारण काठमाडौँ उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठन नसकेको महानगरले जनाएको छ ।
महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ ।
काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


