जनस्वास्थ्य सरोकार, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।
हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी) का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको जनाइएको छ ।
उहाँले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुभएको छ । कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानी लगायत उहाँका थुप्रै लोकगीतहरु चर्चित छन् ।
पछिल्लो समय लामा हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आउनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
