नेपाल लगायत विश्वमा क्यान्सर, उच्चरक्तचाप, दम, मधुमेह, इन्जुरी र मानसिक समस्या प्रमुख रुपमा देखिएका छन् । विश्व स्वास्थ्य संगठनले हरेक ५ जनामध्ये एक जनामा मानसिक समस्या देखिने उल्लेख गरेको छ । संगठनले नेपालमा करिब २० प्रतिशतमा मानसिक समस्या हुनसक्ने उल्लेख गरेको छ । यसैलाई आधार मान्दा नेपालमा करिब ६० लाख जनसंख्या मानसिक समस्याबाट ग्रसित छन् ।
नेपालमा ९ लाख डिप्रेसन, ९ लाख एन्जाइटी र १ लाख कडा मानसिक समस्या भएको संगठनको तथ्यांक छ । यसका साथै अल्कोहल र गाँजा खाने समस्या, निद्रा नलाग्ने समस्या, टाउको दुख्ने, वाइपोलार डिसअर्डर, सेक्सुअल समस्यालगायतका धेरै समस्या छ । विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने संगठनको भनाइ छ । यसको मुख्य कारण डिप्रेसन मानिएको छ ।
मनका धेरै रोगमध्ये डिप्रेसन धेरैमा देखिने समस्या हो । यसलाई दृष्टिगत गरी विश्व स्वास्थ्य संघले आफ्ना १ सय ७७ राष्ट्रहरुमा डिप्रेसनबारे बर्षभरि खुलेर कुरा गर्न आव्हान गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा ३ करोडमा डिप्रेसन छ । यो विश्वको जनसंख्याको ४ प्रतिशत हो ।
स्वास्थ्य भनेको शारीरिक मानसिक, सामाजिक र आध्यात्मिक रुपमा स्वस्थ्य हुनु हो । विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यविना जीवनको अर्थ नहुने उल्लेख गरेको छ । मन र विचार स्वस्थ्य रहनु नै मानसिक स्वास्थ्य हो । नेपाली समाजमा मानसिक शव्दलाई बौलाहा, पागल भनेर व्याख्या गर्ने प्रचलन छ । उपयुक्त उपचार र परामर्श पाएमा मानसिक रोग राम्रोसँग निको हुन्छ ।
मन, विचार, बुद्धि र स्मशरणशक्ति मस्तिष्कबाट प्राप्त हुन्छ । मन र विचार राम्रो भएपछि व्यक्तित्वको विकास हुन्छ । सन् २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले देश गरिब हुने कारणमध्ये मानसिक स्वास्थ्य पनि भएकाले यसलाई प्राथमिकता दिएमा समग्र मुलुकको विकास हुनेमा जोड दिएको छ । नेपालमा बि.सं.२०५३ सालमा राष्ट्रिय मानसिक स्वास्थ्य नीति बन्यो । तर यसको कार्यान्वयन भएन । मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई बौलाहा र पागलको संज्ञा दिइयो । विश्व स्वास्थ्य दिवसको अवसरमा वर्तमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले परिमार्जित नयाँ मानसिक स्वास्थ्य नीतिको मस्यौदा तयार भइसकेको र मन्त्री परिषद्बाट चाँडै स्वीकृति गराउने जानकारी दिनुभएको छ । यसरी राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०७३ स्वीकृति भई चाँडै लागू हुने क्रममा छ । यसरी बनाइएको मानसिक स्वास्थ्य नीति सक्रिय रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ । मानसिक स्वास्थ्यलाई अझ व्यापक र व्यस्थित बनाउन जरुरी छ । मानसिक स्वास्थ्य सेवा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउनु राज्यको दायित्व हो ।
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
जनस्वास्थ्य वहस
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
