
जनस्वास्थ्य सरोकार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्दै उपकुलपती डा. लामिछानेले अस्पताललाई अघि बढाउन आफु तयार रहेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि सबैको सहयोग चाहिने धारणा व्यक्त गर्नुभयो ।
नव नियुक्त उपकुलपती लामीछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि, अस्पतालका सहायक निर्देशक डा. एन्जिलिका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारिले स्वागत गर्नुभएको थियो ।
प्रतिष्ठानको कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछानेलाई हिजो (मंगलबार) नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


