
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकासहित केही जिल्लामा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
बर्डफ्लू भित्रन नदिनको लागि जिल्लाको मुख्य नाकामा पक्षीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहले समेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।
पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिक रूपमा कुखुरा, कालिज तथा पशुपक्षी पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्डफ्लूप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै रोग देखिएमा नलुकाउन आग्रह गर्नु भएको छ ।
पशुपक्षी विशेषज्ञ डा सुदीप हुमागाईले फार्म व्यवस्थापन तथा सरसफाइमा चनाखो रही जनधनको क्षति हुन नदिन व्यवसायीलाई आग्रह गर्नुभयो । साथै, उहाँले हालको बर्डफ्लू संक्रमण मानिसमा समेत हुनसक्ने लक्षणसहित बर्डफ्लू देखिएकाले उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले विभिन्न ५० स्थानबाट बर्डफ्लू परीक्षणका लागि ‘स्याम्पल’ पठाइएको जानकारी दिनु भयो । यसअघि माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्डफ्लू संक्रमण चितवन र काठमाडौँमा देखिएको छ । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
