
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य सेवा दिवसका अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सबै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी १५ फागुनमा मनाउन लागिएको चौविसौँ स्वास्थ्य सेवा दिवसमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले स्थानीय परिवेश अनुकुलका सान्दर्भिक कार्यक्रम गरी दिवस मनाउन स्थानीय पालिका, प्रदेश र जिल्लाहरुलाई निर्देशन दिनुभएको छ ।
बुधबार स्वास्थ्य मन्त्री खतिवडाको संयोजकत्वमा बसेको बैठकले जिल्लास्तरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
यसवर्षको स्वास्थ्य सेवा दिवसको नारा 'गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता' राखिएको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


