
जनस्वास्थ्य सरोकार, जनकपुर । जनकपुरको मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो ।
विश्वविद्यालयको कार्यकारी परिषदको माघ ११ गतेको बैठकको निर्णय नं १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यलयले जनाएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत मिथिला मेडिकल कलेजले आयुर्वेद स्नातक तह (बीएएमएस) सम्बन्धन पाएको थियो । उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल संस्कृत विश्वविद्यालयको आंगिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएको डिन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


