
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८,६२८ जनाको नमुना परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ५५५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या नौ लाख ५५ हजार ४५८ जना पुगेको छ । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको र योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३२ जना पुगेको छ ।
अहिले नेपालमा नौ हजार २८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २२ हजार ४९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



