
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८,६२८ जनाको नमुना परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ५५५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या नौ लाख ५५ हजार ४५८ जना पुगेको छ । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको र योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३२ जना पुगेको छ ।
अहिले नेपालमा नौ हजार २८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २२ हजार ४९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

