
जनस्वास्थ्य सरोकार, बाँके । मुलुकमा कोरोना संक्रमण घटेसँगै सीमा नाकामा पनि संक्रमण घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोरोना परीक्षण गराउँदा संक्रमण घटेको पाइएको हो ।
कोरोना संक्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा संक्रमण बढेकोमा अहिले घटेको पाइएको छ । मुलुकभर कूल परीक्षण गराएका मध्ये ४.१ प्रतिशतमा मात्र संक्रमण रहेको छ ।
फागुन १२ गते ७ हजार ७ सय ४३ जनाको परीक्षण गराउँदा ३ सय १८ जनामा कोरोनासंक्रमण देखिएको थियो । भारतको विभिन्न प्रान्तबाट फर्किएकाको परीक्षण गर्दा संक्रमण घटेको पाइएको हो । फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमा नाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिनुभयो ।
फागुन १ गते नमूना परीक्षण गरिएका ३ सय ६७ मध्ये ८ जनामा संक्रमण देखिएको थियो भने फागुन ५ गते ३ सय २६, फागुन १० गते १ सय ५७ र फागुन १२ गते ३ सय १७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको शाहीले बताउनु भयो ।
यस्तै फागुन २ गते २९५ मा तीन, फागुन ३ गते १६३ मा दुई, फागुन ४ गते ३४० मा तीन, फागुन ६ गते ३१५ मा चार, फागुन ७ मा २३२ मा एक, फागुन ८ गते २ सय ८३ मा तीन, फागुन ९ गते १ सय ७५ मा एक र फागुन ११ गते ३ सय १७ मा परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको थियो ।
तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६ सय ६० जनामा परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म संक्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताउनु भयो । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ ।
यस्तै कैलाली–कञ्चनपुरको भारत नाका जोड्ने त्रिनगर स्वास्थ्य सहायता कक्षका प्रमुख गणेशबहादुर साउँदले पनि भारतबाट आउने नेपालीमा संक्रमण कम देखिने गरेको बताउनु भयो । उहाँको अनुसार फागुन १२ गते २ सय ०१ जनाले परीक्षण गराउँदा कसैमा पनि संक्रमण देखिएन । उहाँले भारतबाट नेपाल फर्कने नेपालीको कोभिड–१९ परीक्षण गर्दा दुई हप्तादेखि संक्रमण घटेको बताउनु भयो ।
स्वास्थ्य सहायता कक्षका प्रमुख साउदका अनुसार तेस्रो लहरको संक्रमण हुँदा एकै दिन नाकामा १ सय ३७ जनामा पनि संक्रमण देखिएको थियो । पुस ३० गते एकै दिन १ सय ३७ मा संक्रमण देखिएको थियो । यस्तै पुस २९ गते ८ सय ६२ जनामा परीक्षण गर्दा १ सय ३५ जनामा संक्रमण देखिएको थियो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि सीमा नाकामा पुस १७ गतेदेखि माघ २० गतेसम्म संक्रमण सङ्ख्या बढेको बताउनु भयो ।
उक्त नाकाबाट दैनिक भारतको महाराष्ट्र, मुम्बई, दिल्ली, बैङ्लौर, पुनालगायत प्रान्तबाट दैनिक ४०० देखि ५०० मानिसहरु स्वदेश फर्किरहेका छन् । साथै स्वदेश आउने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप पनि प्रदान गरिरहेको जानकारी प्रमुख साउदका दिनुभयो । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
