
जनस्वास्थ्य सरोकार, काठमाडौं । भारत जान अब कोरोनाविरुद्धको पूर्ण मात्रा खोप वा यात्राको ७२ घण्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।
यात्रा सहजीकरण व्यवस्थापनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)लाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप वा यात्राको ७२ घण्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य गर्न आग्रह गरेको हो ।
भारतीय दूतावासले गत फेब्रुअरी १६ मा यात्रा सहजीकरण व्यवस्थापनका लागि महाशाखालाई पत्राचार गरेको थियो ।
पूर्ण खोप लगाएका व्यक्तिलाई भने पीसीआर परीक्षण आवश्यक नपर्ने बताइएको छ । अनलाइन एयर सुविधा पोर्टलमा भएको स्व–घोषण फारम पूर्ण रुपमा भर्नुपर्नेछ । त्यस्तै कोरोनाविरुद्धको खोपको प्रमाणपत्रलाई दुबै देशले मान्यता प्रदान गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


