
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण मत्थर हुँदै गएको छ । ओमिक्रोनले भेरियन्टले ल्याएको कोरोनाको तेस्रो लहरमा ५३ प्रतिशतसम्म पुगेको संक्रमणदर घटेर एक प्रतिशतमा झरेको छ ।
गत माघ ५ गते संक्रमणदर हालसम्मकै उच्च ५२.६ प्रतिशत पुगेकोमा पछिल्लो २४ घण्टाको संक्रमणदर १.१४ प्रतिशत मात्रै देखिएको हो ।
आइतबार देशभरका प्रयोगशालाबाट ९ हजार ७१० नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ र ३ हजार २२४ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो । मन्त्रालयको यो तथ्याङ्कले संक्रमण बिस्तारै सामान्य अवस्थामा फर्किँदै गएको देखाउँछ।
नेपालमा सक्रिय संक्रमितको संख्या पनि ८ हजार ५१७ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

