
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय पेडियाट्रिक नर्सिङ सप्ताह आजदेखि सुरु भएको छ । पेडियाट्रिक नर्सेस एशोसिएसन अफ नेपालले बालबालिकाको हेरचाहका लागि पेडियाट्रिक नर्सको महत्व र यसको वकालत गर्ने उद्देश्य सहित सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो।
फागुन १६ देखि १७ गते मिडिया एड्भोकेसी, १८ देखि २० सम्म विभिन्न प्रदेशमा फोकल पर्सनको छनोट, २१ गते बालबालिकाको मानसिक स्वास्थ्य र अधिकार सम्बन्धी कार्यक्रम र २२ गते त्रिवि शिक्षण अस्पतालमा कार्यक्रमको समापन हुने एशोसिएसनले जनाएको छ।
यस साताव्यापी कार्यक्रमले पेडियाट्रिक नर्सिङको क्षेत्रमा महत्व बुझाउन र वकालत गर्न मद्दत पुग्ने एशोसिएसनको अपेक्षा छ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


