
जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरुको सङ्ख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुले जानकारी दिएका हुन । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।
पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ । ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै पाँच लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (रासस एएनआई)
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

