
जनस्वास्थ्य सरोकार, ललितपुर। ललितपुरको सानेपास्थित स्टार अस्पतालमा अब अनलाइनबाट डाक्टरको समय लिन सकिने भएको छ ।
नेपालको ठूलो भुक्तानी सेवा प्रदायक ईसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।

योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी ईसेवा मोबाइल एप्लिकेशन मार्फत गर्न सकिने छ ।
ईसेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गई स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने छ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवा चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


