
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि जाने भक्तजनले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएको छ।
आज परेको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने र त्यसले कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले मास्क नलगाएका दर्शनार्थीलाई पशुपतिमा प्रवेश निषेध गरिएको बताउनुभयो। उहाँले भन्नुभयो–‘कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै हामीले मास्क र स्यानिटाइजर अनिवार्य गरेका छौँ, मास्क प्रयोग नगर्नेलाई प्रवेश दिइने छैन।’
पशुपति क्षेत्रमा दर्शनार्थीहरूको बाक्लो भीड बढेसँगै सोमबार साँझदेखि नै सुरक्षाकर्मी तथा स्वयम्सेवक परिचालन गरिएको छ।
शिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
