
जनस्वास्थ्य सरोकार, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा बर्डफ्लू भेटिएको छ । ताप्ली गाउँपालिका–३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो । संक्रमणबाट १ हजार ६ सयभन्दा बढी कुखुरा मरेका छन् ।
केही दिनअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङ लगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लू देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा.अजय साहले जानकारी दिनुभयो ।
त्यस क्षेत्रमा १ हजार ६ सय २५ पन्छी मरेका डा. साहले बताउनु भयो । कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लूको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।
विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लू पुष्टि भएको साहले बताउनु भयो । उहाँको अनुसार ५ हजार पन्छी नष्ट भइसकेको छ । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


