
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार कुल जनसंख्यामध्ये ६० दशमलब १ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी कुल जनसंख्याको ७४ प्रतिशतले कोरोना विरुद्धकको एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
लक्षित जनसंख्याको कुरा गर्ने हो भने १८ वर्ष माथिका ९१ दशमलब ६ प्रतिशतले एक मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। उता १२ वर्ष माथिका ४८ प्रतिशतले पूर्ण मात्रा र ८९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।
अहिलेसम्म ११ लाख ८९ हजार ७१६ जनाले कोरोना विरुद्धको बुस्टर डोज समेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


