
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार कुल जनसंख्यामध्ये ६० दशमलब १ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी कुल जनसंख्याको ७४ प्रतिशतले कोरोना विरुद्धकको एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
लक्षित जनसंख्याको कुरा गर्ने हो भने १८ वर्ष माथिका ९१ दशमलब ६ प्रतिशतले एक मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। उता १२ वर्ष माथिका ४८ प्रतिशतले पूर्ण मात्रा र ८९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।
अहिलेसम्म ११ लाख ८९ हजार ७१६ जनाले कोरोना विरुद्धको बुस्टर डोज समेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



