नेभिगेशन

१ सय २७ जनामा कोरोना संक्रमण, ३ सय २१ जना संक्रमण मुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


६ हजार ८ सय ७४ जनामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ३ सय २१ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ७० पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट