जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेष्ट टेयू बेबी सेन्टर सञ्चालन इजाजतका लागि १५ दिनभित्र निवेदन आव्हान गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै यो अवधिभित्र दर्ताका लागि नआएमा कानूनबमोजिम कारबाही गरिनेसमेत उल्लेख छ । सम्बन्धित टेष्टट्यूब बेबी सेन्टर सञ्चालकहरुले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले टेष्ट ट्यु वेवी सेवालाई विशिष्टिकृत सेवामा राखेकाले इजाजतका लागि रितपूर्वक निवेदन पेश गर्नुपर्ने बताउनुभयो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सहकारी वा गैर नाफामुलक समुदायिक स्वास्थ्य संस्था सञ्चालनका सो नियमावलीको अनुसूची बमोजिम टेष्ट टेष्ट ट्यूब बेबी सेन्टर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट इजाजत लिनुपर्ने व्यवस्था छ । हाल मुलुकमा १५ भन्दा बढी टेष्टट्यूब बेबी सेन्टर सञ्चालनमा आएका छन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


