
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज श्रवण दिवस २०२२ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । श्रवण शक्तिबारे जनचेतना फैलाउने उदेश्यका साथ हरेक वर्ष मार्च ३ तारीखमा मनाइने गरिन्छ ।
यस वर्षको श्रवण दिवसको नारा ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौं’ तया गरिएको छ । श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा समस्या हो । यहि दिवसको अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
कम श्रवण शक्तिका लक्षणहरु
- अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउनु अनुरोध गर्नु
- टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
- चराचुरुङ्गीको आवाज नसुन्नु
- कान कराउनु
- बोलेको सुन्नु तर नबुझ्नु
- अरुसँग कुरा गर्दा ठुलो स्वरले कुरा गर्नु
- धेरै हल्ला भएको ठाँउमा कुरा गर्न गाह्रो
- रेडियो सुन्दा, टेलिजन हेर्दा चर्को आवाज बनाउनु
श्रवण शक्ति कम हुन नदिने उपायहरु
- चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कानमा कपास, ‘इयर प्लग’को प्रयोग गर्ने
- मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगर्ने
- हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्ने
- जथाभावी सवारी साधनको हर्न नबजाउने
- ठूलो आवाज भएको ठाउँमा लामो समय नबस्ने
- नियमित व्यायाम गर्ने
- अरुलाई चर्को ध्वनिबाट हुन सक्ने असरबारेमा जानकारी दिने र बच्ने उपायबारे सिकाउने
- क्लब, पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गर्ने
- आफ्नो श्रवण शक्तिमा कमी आएको महसूस भएमा समयमै परीक्षण तथा उपचार गरौं
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
