
जनस्वास्थ्य सरोकार, उदयपुर । गर्भवती महिलाको मृत्युपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा तोडफोड भएको छ ।आज बिहान अस्पतालमा गर्भवती महिलाको मृत्यु भएपछि मृतकको आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
उदयपुरगढी गाँउपालिका–६ नेपालटारकी ३२ वर्षीय महिला केही दिन अघि मात्र सुत्केरी हुन अस्पताल आएकी थिइन् । तर उनको उपचारको क्रममा आज बिहान मृत्यु भयो ।
मृतकको आफन्तले चिकित्सकको लापरबाहीले गर्दा गर्भवती महिलाको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरिरहेका छन् । अस्पताल तोडफोड पश्चात हाल अस्पतालको सम्पूर्ण सेवा बन्द भएको छ ।
गर्भवती महिलाको अवस्था खराब हुँदा अप्रेसन गर्नुपर्छ भनेको मृतकका आफन्तहरुले नमान्दा महिलाको मृत्यु भएको चिकित्सहरुले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


