
जनस्वास्थ्य सरोकार, काठमाडौं । आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आगामी वैशाख ९ देखि ११ गते सम्म हुने भएको छ ।
शुक्रबार औषधी उत्पादक संघले पत्रकार सम्मेलन गर्दै आठौं फर्मा एक्स्पो चितवनको प्रर्दशनी केन्द्रमा वैशाख ९ देखि ११ गतेसम्म हुने जानकारी दिएको हो।
संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो।
संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसअघि फागुनमा तय भएको एक्सपो कोभिड–१९ संक्रमण जोखिमका कारण सारिएको जानकारी दिनुभयो ।
एक्स्पोमा १ सय ६० स्टल रहनेछन् । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १ सय २० वटा बहराष्ट्रिय कम्पनी, र ४० बटा नेपाली औषधी उद्योगहरु एक्स्पोमा भाग लिने आयोजकले जनाएको छ ।
यसअघिको ७ औं एक्सपो पनि चितवनमा आयोजना गरिएको थियो।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

