
जनस्वास्थ्य सरोकार, लमजुङ । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३ सय २ स्थानीयवासी लाभान्वित भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा त्रिशक्ति महिला सञ्जालाले ११२औँ नारी दिवसका अवसरमा आयोजना गरेको एकदिने शिविरमा स्थानीयवासी लाभान्वित भएका हुन् ।
तीमध्ये ११० पुरुष र १९२ महिला छन् । जिल्ला अस्पताल लमजुङमा प्रमुख हेमन्त श्रेष्ठका अनुसार उक्त शिविरमा ९२ जनाले दन्तसम्बन्धी र २६३ ले आँखासम्बन्धी सेवा लिएका थिए ।
शिविरमा ३७ जना दात र २७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिफारिस गरिएको छ भने १४७ लाई निःशुल्क चश्मा वितरण गरेको आयोजकले जनाएको छ । शिविरमा जिल्ला अस्पतालका डा.सरोज महर्जन र नेत्र सहायक दीप गुरुङका नेतृत्वमा सात प्राविधिकले सेवा दिएको अस्पतालले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकाले स्थानीयदेखि सरकारले स्वास्थ्य क्षेत्रममा विषेश ध्यान दिनुपर्ने बताए । शिविरमा करिब ७० हजारभन्दा बढी पालिकाको खर्च भएको बताइएको छ । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


