
जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याकस मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।
उहाँको अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप आगामी चैत ११ गते सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ ।
त्यस्तै बाँकी खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्रमा ल्याइने छ । यसअघि पनि अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसन, मोर्डना लगायतको खोप दिइसकेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


