
जनस्वास्थ्य सरोकार, बाँके । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका हात्तीपाइले रोग निवारण कार्यक्रम स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन अभियानको योजना तर्जुमा गरेका छन् ।
उनका अनुसार अझै पनि जनचेतनाको कमी, औषधिबारे गलत धारणा र औषधिसम्बन्धी जानकारी नभएको जस्ता विषयले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानले बाँकेमा लक्ष्य प्राप्त गर्न नसकेको अवस्थालाई सुधार गर्न अहिले स्थानीय तहले सक्रियता देखाएका छन् ।
आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाले औषधि सेवन नगरे सरकारी सेवाबाट बञ्चित गर्नेसम्मको तयारी गरेको नगरप्रमुख लुटबहादुर रावतले बताए । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


