
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी, गुड अटो मोबाईल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस् र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
महेन्द्र अटो मोबाइलको प्राङ्गणमा सञ्चालन भएको शिविरमा १ हजार १३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरमा २ सय २१ जनाको रक्त परीक्षण, १ सय ८९ जनाको भिडियो एक्सरे र १ सय ५६ जनाको ईसीजी गरिएको थियो । त्यस्तै केएमसीले बिहीबार काभ्रेको पनौतीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


