
जनस्वास्थ्य सरोकार, काठमाडौ । संसदीय समितिले स्थानान्तरणको माग गरिरहेका नोबेल मेडिकल कलेजका विद्यार्थीलाई कलेजमै पढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एकहप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
समिती सभापति जयपुरी घर्तीले तीन महिना अतिरिक्त कक्षा संचालन गरेर भएपनि पढाइ पूरा गराउनुपर्ने बताइन् ।
यसअघि नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएकामध्ये १० जना विद्यार्थीले नोबेलमै पढ्न आफूहरुलाई खतरा रहेको भन्दै अर्को कलेजमा स्थानान्तरणको माग गरेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


