
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आगामी फागुन २८ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत् इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार १० जिल्लामा ६२ लाख ६३ हजार नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको हो ।
मोरङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, बारा, लमजुङ, पर्वत, बागलुङ लगायत १० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानका लागि ४ हजार ७ सय स्वास्थ्यकर्मी परिचालन हुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
