जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिजेता र कलाकारहरुबीच अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपको प्रस्तुतिमा २९ औं पटक भएको सुदिप्त क्यान्सर सर्भाइभर मिटको आयोजना गरी आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो ।
सो अवसरमा वरिष्ठ नायिका करिश्मा मानन्धर, गीतकार एवं गायिका अभय सुव्वा र गायिका संगिता शाक्य लगायत ४ दर्जनभन्दा बढी क्यान्सर बिजेता महिलाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपालमा उपचारपश्चात् पूर्णरुपमा क्यान्सर निको भएकाहरुले मुलुकमै क्यान्सरको प्रभावकारी उपचार भएकोमा खुशी व्यक्त गर्नुभयो ।
समयमै पहिचान गर्न सकेको अवस्थामा क्यान्सर रोग निको हुने बताउँदै वरिष्ठ क्यान्सर विशेषज्ञ एवं हस्पिटलका अध्यक्ष डा. सुदिप श्रेष्ठले आफ्नो स्वास्थ्यप्रति ख्याल गरी समयमै रोग पहिचान गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेपाल क्यान्सर हस्पिटलकी निर्देशक एवं सुदिप्त क्यान्सर सर्भाइभर मिटकी संयोजक स्वरुपा श्रेष्ठले अमेरिकादेखि आएर हस्पिटलमा उपचारपश्चात् निको हुनेहरुको संख्या बढिरहेको बताउनुभयो । उहाँले ४० वर्ष नाघेका हरेक महिलाले क्यान्सर स्क्रिनिङ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


वरिष्ठ नायिका करिश्मा मानन्धर, गीतकार एवं गायिका अभय सुव्वा र गायिका संगिता शाक्यले सफल उपचारपश्चात् निको भएकाहरुले आत्मबल कायम राख्नुपर्ने आवश्यकता औंल्यानुभयो ।
हस्पिटलमा क्यान्सर उपचार गराइरहनुभएकी पत्रकार कोपिला गौतमले आफन्तहरुबाट आत्मबल बढ्ने किसिमका सुझावको अपेक्षा गर्नुभयो ।
सो अवसरमा प्रमिला मानन्धरले आफ्नो श्रीमान्को नाममा ५ लाख रुपियाँ र क्यान्सर विजेता रोज श्रेष्ठले नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई असहाय र विपन्नको सहयोगका लागि नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई ५ लाख रुपियाँ हस्तान्तरण गर्नुका साथै सुदिप्त क्यान्सर सर्भाइभर मिटकी संयोजक स्वरुपा श्रेष्ठलाई अभिनन्दन गरिएको थियो ।


भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३

