
जनस्वास्थ्य सरोकार, काठमाडौं । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा जिका, चिकनगुनिया र डेँगु भाइरसको निःशुल्क पीसीआर परीक्षण सुरु भएको छ ।
त्यसो त कोभिड—१९ महामारीबाट मात्र नभएर यस्ता भाइरसको संक्रमणबाट बच्नका लागि पनि पीसीआर परीक्षण गराउनु आवश्यक हुन्छ ।
विशेष गरी यी तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यस संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।
जिका, चिकनगुनिया र डेँगु भाइरसको लक्षणहरु
एक्कासी ज्वरो आउने
थकान महसुस हुने
अत्याधिक जोर्नी दुख्ने (विशेष गरी हात र खुट्टा)
टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
वाकवाकी लाग्ने वा बान्ता हुने
जिका, चिकनगुनिया र डेँगु भाइरसको संक्रमणबाट बच्ने उपायहरु
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने
दिउँसो सुत्दा पनि झुल टाँगेर सुत्ने
लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


